सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयन भएन

लोकेन्द्र विश्वकर्मा, कालि बहादुर नेपाली ।
जाजरकोट, ११ भदौ (जागरण) । जाजरकोटको बारेकोट गाउँपालिका ६ ताँसी र धुमाका दलित तथा बिपन्न बस्तीलाई सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयन नभई अहिलेसम्म अलपत्र परेको छ ।
ताँसी र धुमाका दलित तथा बिपन्न बस्तीलाई संघीय सरकारले खरको छानो मुक्त गर्ने अभियान अन्र्तगत ६९ लाख रकम अनुदान पठाएको थियो । तर आयोजना कार्यान्वयन नभई बिचमै अहिले सम्म अलपत्र परेको हो ।
यस्तै गत असार २५ गते बारेकोटमा गएको बाढी पहिरो पिडितलाई एनआईसी लद्युवित जाजरकोट शाखाले आर्थीक सहयोग गरेको छ ।
आज एनआईसी लद्युवित जाजरकोटका प्रमुख दलबहादुर सिंहले गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहलाई ३२ हजार ३ सय रुपैयाँ हस्तान्तरण गरेको गाउँपालिकाका लेखापाल राजबहादुर सिंहले जानकारी दिनुभयो ।