ज्ञानु गौतम ।
रुकुम पश्चिम, १६ भदौ (रेडियो चौरजहारी) । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले मापदण्डविपरीत सञ्चालन भएका मेडिकलहरू बन्द गराएको छ । नगरपालिकाकाअनुसार त्यहाँका १३ वटा मेडिकल बन्द भएका छन् ।
मेडिकलको अनुगमन गर्दा मापदण्डविपरीत सञ्चालन भएको भेटिएपछि बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिनुभयो ।
औषधी विभागमा दर्ता नभएका, सञ्चालन अनुमति नलिएका, मेडिकल काउन्सिलमा दर्ता नभएका कर्मचारीलाई काममा राखेका र नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मिले सञ्चालन गरेका मेडिकललाई कारबाही गरिएको नगरपालिकाले जनाएको छ ।
मापदण्ड पूरा नगरी मेडिकल सञ्चालन गरेर नागरिकको स्वास्थ्यमा गम्भीर खेलवाड गर्न कसैलाई छुट नभएको भन्दै नगरपालिकाले अवैध मेडिकललाई बन्द गर्न थालेको छ ।