भोलीसम्म भारी बर्षा हुने

काठमाण्डौँ, १६ भदौ (जागरण) । भोलीसम्म भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज देशका अधिकांश भूभागमा पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । आज कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

भोली बुधबार देशका अधिकांश भूभागमा पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले दिएको जानकारीअनुसार मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ छ । भारतको मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्यून चापिय प्रणाली विस्तारै पश्चिम (उत्तरपश्चिम दिशातर्फ सर्दै जाने देखिएको छ ।

भारी वर्षा र त्यसबाट प्राकृतिक विपत्ती पनि आउनसक्ने भएकाले सचेत रहन मौशमविद्हरुले सुझाव दिएका छन् ।