कर्णाली प्रदेशमा लागु पदार्थ दुव्र्यसनीको दर बढ्दै

टेकराज केसी ।
सुर्खेत, १९ भदौ (जागरण) । पछिल्लो समय कर्णाली प्रदेशमा लागु पदार्थ दुव्र्यसनीको दर बढेको पाइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार गत तिन आर्थिक बर्षको तथ्याङ्कलाई केलाउँदा दुव्र्यसनीको दर बढेको देखिएको हो ।
आर्थिक बर्ष २०७४÷०७५ मा प्रदेशभर ४८ वटा लागु पदार्थ दुव्र्यसन तथा ओसारपसारको मुद्धा दर्ता भएको थियो भने आर्थिक बर्ष २०७५÷०७६ मा यो संख्या बढेर ८७ पुग्यो । भने गत आर्थिक बर्ष २०७६/०७७ मा ९० वटा मुद्धा दर्ता भएको कर्णाली प्रहरी प्रमुख डिआइजी बसन्त कुमार पन्तले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
लागु औषध ओसार पसार र दुव्र्यसनीको दर बढेको देखिएपनि यसको नियन्त्रणमा प्रहरीको सक्रियता पनि उत्तीकै देखिएको छ ।
तिन बर्षमा प्रदेशभर मात्र ३ सय ९० जनालाई कारवाही गरेर मुद्धा चलाइसकेको भन्दै पन्तले ती मध्य सबैभन्दा धेरै लागु पदार्थ दुव्र्यसन र ओसार पसारमा सुर्खेतका व्यक्तीहरुको संङलग्नता धेरै रहेको बताउनुभयो ।
१५ देखि २५ बर्ष समुहका व्यक्तीहरु लागु औषध दुव्र्यसनीमा फस्ने गरेको भन्दै ओसारपसारमा २५ देखि ३५ बर्ष समुहका व्यक्तीहरु संङलग्न हुने गरेको उहाको भनाई छ ।
यसको लागि सबै पक्षले हातेमालो गर्न सकेमात्र यसको नियन्त्रण कम गर्न सकिने पन्तले बताउनुभयो ।
गृह मन्त्रालयको तथ्याङ्कले समेत लागु पदार्थ दुव्र्यसनी र ओसारपसारको दर ११ प्रतिशतले बढीरहेको बताएको छ ।