परम्परागत पेशा वेवास्था गर्दै गन्दर्भ युवाहरु

सुर्खेत, २४ फागुन (जागरण) । सुर्खेतका गन्धर्व समुदायका पछिल्लो पुस्ताले परम्परागत सारंगी बजाउने र गीत गाउने पेशालाई वेवास्था गर्न थालेका छन् ।

अहिले पनि पेशा निरन्तरता दिइरहेका एक अग्रज गन्दर्भ नागरिक

गन्धर्व समुदायका अधिकांश नयाँ युवा पुस्ता सारंगी रेट्न र गीत गाउन ईच्छुक देखिँदैनन् । पढाईमा लगाव तथा साथीभाइहरुका अघि प्रतिष्ठासँग जोडेर समेत हेर्ने गरेकाले नयाँ पुस्ताले सारंगी बोक्न नरुचाउने गरेका बताइन्छ ।
सुर्खेत बजार आसपासमा बसोबास गर्ने गन्धर्व समुदायका अग्रजहरु भने परम्परा लोप भइरहेको भन्दै चिन्तित बन्न थालेका छन् । अग्रजहरु भने आफ्नो परान रहुञ्जेल यो पेशालाई माया गरिरहन्छन् र निरन्तरता दिइरहन्छन् ।
पहिले गैर गन्दर्वहरुले सुपोमा गन्दर्वहरुलाई सुमधुर संगीतसहित गीत सुनाएवापत् भेटी दिने चलनलाई सम्झिँदै वीरेन्द्रनगर तातापानीका गोरे गन्धर्ब अहिलेको युवा पींडिले गरिरहेको बेवास्थाले आफूहरुको पहिचान नै सकिने अवस्थामा पुगेको आशय व्यक्त गर्नुहुन्छ ।
पहिले पहिले औपचारिक शिक्षाका लागि विद्यालय जानैपर्ने चलन नहुँदा सारंगी लिएर आफ्नो पेशा सजिलैसँग युवाहरुले अंगाल्ने गरेका थिए ।
तर अहिलेका युवाहरुले केही पढिसकेपछि सारंगी रेटेर पुरानो पेशा गर्न लाज मान्ने गरेका छन् । कतिपयले त सिक्नसमेत चासो नदेखाउने गरेको गुनासो गन्दर्व समुदायका अगुवाहरु गर्छन् ।