कोरोना संक्रमण फैलिदै, सरकारी कार्यालयमा समेत स्वास्थ्य मापदण्ड पुरा भएन

सुर्खेत, १९ भदौ (जागरण) । जिल्ला प्रशासन कार्यलय सुर्खेतले कोरोना सक्रंमण फैलिन सक्ने भन्दै भिडभाड नगर्नेगरी निर्णय गरेको भएपनि सरकारी कार्यालयमा त्यसको पालना नभएको पाइएको छ ।
प्रशासन कार्यालयले अत्यावश्यक काम गर्ने बेला स्वास्थ्य सावधानी अपनाउन निर्देशन गरेको भएपनि त्यसको पालना सरकारी कार्यालयमै नहुने गरेको पाइएको हो ।
मालपोत कार्यालय सुर्खेतमा दैनिकजसो भिडभाड धेरै हुने गरेको छ । करिब एकसयभन्दा धेरै व्यक्तीहरु कार्यालय अगाडी भिड गरेको देखिन्छ ।
यसबाट संक्रमणको जोखिम बढेको भन्दै सामाजिक सञ्जालहरुमा भिडभाड भएको फोटो भाइरल बनाउँदै प्रशासनको ध्यानाकर्षण गराइएको छ ।
मालपोत कार्यालय सुर्खेतका सुचना अधिकारी कृष्ण प्रसाद देवकोटाले दैनिक ५० वटा भन्दा धेरैलाई टुकन नदिएको भएपनि भिडभाड बढेको स्वीकार गर्नुभएको छ । आफुहरुले स्वास्थ्य मापदण्ड अपनाउन धेरै प्रयासहरु गरेपनि भिडभाड कम गर्न नसकिएको कर्णाली रैबारलाई बताउनभयो । यता, जिल्ला प्रशासन कार्यालय सुर्खेतले भने नियमको पालना कुनैपनि ठाउँमा नभएको भन्दै अब नियम पालना नगर्ने व्यक्तीहरुलाई कारवाही गर्ने बताएको छ ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कर्णाली रैबारसँग कुराकानी गर्दै यस्तो जानकारी दिनुभयो ।