६ प्रतिशतभन्दा धेरै बालबालिका शिक्षाको पहुँच बाहिर

नन्द कठायत ।
सुर्खेत, २४ भदौ (जागरण) । सरकारले बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अनिवार्य तथा निःशुल्क शिक्षाको अवधारणा ल्याएपनि कर्णाली प्रदेशका ६ प्रतिशतभन्दा धेरै बालबालिका विद्यालयको पहुँच भन्दा बाहीर रहेका पाइएको छ ।
प्रदेशको शिक्षा विकास निर्देशनालयले दिएको जानकारी अनुसार कर्णालीमा ६ दशमलव ७ प्रतिशत विद्यार्थी अझै पनि विद्यालयको पहँुचभन्दा बाहीर रहेका पाइएको हो ।
अहिले सम्म सबै भन्दा बढी ५ देखि १२ वर्ष उमेर समुहका विद्यार्थी विद्यालयको पँहुच नरहेको शिक्षा विकास निर्देशनायका निर्देशक दिपा हमालले कर्णाली रैबारलाई बताउनुभयो ।
कर्णाली प्रदेशको साक्षरता दर ५९ प्रतिशत रहेको भन्दै उहाले कर्णाली प्रदेशमा पुरुषको तुलनामा महिलाको सारक्षरता दर कम रहेको बताउनुभयो ।
प्रदेशका पाँच जिल्ला सुर्खेत, दैलेख, रुकुम पश्चिम र सल्यान जिल्ला साक्षर घोषणा भइसकेका छन् । तर साविक कर्णालीका पाँच जिल्ला जुम्ला, हुम्ला, मुगु, कालिकोट र डोल्पा अझै पनि सारक्षर जिल्ला घोषण हुन सकिरहेका छैनन् ।
कर्णाली प्रदेश सरकारले यो आर्थिक वर्षमा साविकका पाचँ जिल्लाहरुलाई सारक्षर बनाउनेगरी योजना बनाएको हमालले जानकारी दिनुभयो । ।
९५ प्रतिशत भन्दा माथि सारक्षरता भएका जिल्लालाई सारक्षरता जिल्ला घोषण गर्ने प्रावधान रहेको छ । तर कर्णालीका पाँच जिल्ला भने अहिलेसम्म साक्षर हुन सक्ने अवस्थामा छैनन् ।