विद्युत प्राधिकरण सुर्खेत कार्यालयको गम्भिर लापरवाही

पंख बहादुर शाही ।
सुर्खेत, २४ भदौ (जागरण) । नेपाल विद्युत प्राधिकरण सुर्खेत कार्यालयले विद्यु्त महसुलमा गम्भिर लापरवाही गरेको पाईएको छ ।
कर्मचारीहरुले कार्यालयमा बसेर अन्दाजी बिल अंकका आधारमा जारी गर्दा ग्राहकले बर्षाैँ सम्मको विद्युत महसुल एकै पटक लिन खोजिएको उपभोक्ताहरुले आरोप लगाएका छन् ।
ग्राहकहरुलाई जानकारी नै नगराई आफुखुसी कार्यालयमा बसेर ‘बिलिङ्’ गर्दा यो बिषम परिस्थितीमा नसोचेको रकम तिर्नुपरेको उपभोक्ताहरुले गुनासो गरेको छन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ का लिलाराम पोखरेलले साउन र भदौ महिनाको मात्र १५ हजार ६० रुपैया बिल जारी गर्दा अच्चम परेको जानकारी दिनुभयो ।
‘जसमा २ सय ९५ रुपैयाँ भाद्र महिनाको र बाँकी १४ हजार ७ सय ६५ रुपैयाँ साउन महिनाको विद्युत महसुलको बिल जारी गरिएको छ ।’
कर्मचारीहरुले विभिन्न फाँटमा तालमेल मिलाएर आवाश्यक अंक घटाई बिलको मात्र १ हजार १ सय ७५ रुपैयाँ जारी गरेको पोखरेलले कर्णाली रैबारलाई बताउनुभयो ।
स्थानीय बसन्त जैसिले यो बिषयमा बुझ्न आजै विद्युत कार्यालयमा जाँदा कर्मचारीहरुले कुरा गर्न आनाकानी गर्दै पन्छिन खोजेका बताउनुभयो ।
सुर्खेत वितरण कार्यालयका कर्मचारीले सफ्टवरमा आफुअनुकुल विगतको कुरालाई मध्यनजर गरेर अंक राखि बिल जारी गर्ने कार्यले ग्राहकहरु निकै मर्कामा परेको जैसिले बताउनुभयो ।
यता, नेपाल विद्युत प्राधिकरण सुर्खेतका प्रमुख टंकराज गिरीले भने केन्द्रबाट भएको परिपत्र अनुसार रिडिङ् नगरेर युनिट हाल्दा कसैको घटेको र कसैको बढेको हुन सक्ने भन्दै सम्बन्धीत व्यक्ती कार्यालयमा आउन आग्रह गर्नुभयो ।