सिपी कार्की ।
सुर्खेत, २४ भदौ (रेडियो भेरीगंगा) । कर्णाली प्रदेशको प्रवेशद्वारमा रहेको भेरीगंगा नगरपालिकाले छिन्चु बजार शिल गरिएको छ । कोरोना संक्रमितको दर बढेपछि यसअघि जहरे र झिंगनी बजार सील गरेको नगरपालिकाले गरी छिन्चु बजार पनि सील गरेको हो ।
कोरोना भाइरस रोग समुदायमा फैलन सक्ने भएकाले समयमै नियन्त्रण गरी महामारी हुन नदिन छिन्चु बजार सील गरिएको नगरपालिका मेयर भूपेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।
उहाँले बजार क्षेत्रमा अत्यधिक भीडभाड बढेको, स्वास्थ्य र सुरक्षाको मापदण्डको पालना नगरेकाले सील गर्नु परेको चन्दको भनाई छ । उहाले कोरोनाबाट बच्न स्वास्थ्य सावधानी अपनाउन आग्रह समेत गर्नुभएको छ ।
पछिल्लो समयमा बजारका विभिन्न स्थानहरुमा मानिसहरुको अनावश्यक आवतजावत तथा जथाभावी भेला गरेको पाएपछि समुदायस्तरमा कोरोनाको संक्रमण फैलिन नदिन भदौ ३० गते राती १२ बजेसम्मका लागि सील गर्ने निर्णय गरेको चन्दले बताउनुभएको छ ।