कोरोना नियन्त्रणमा सामुदायिक रेडियोको भुमिका महत्वपुर्णः सरोकारवाला

सुर्खेत, २८ भदौ (जागरण) । कोरोना महामारी नियन्त्रणमा सामुदायिक रेडियोको महत्वपुर्ण भुमिका रहने कर्णालीका सरोकारवालाहरुले बताएका छन् ।
कर्णाली रैबारसँग कुरा गर्दै उनिहरुले कोभिड–१९ का कारण सबै क्षेत्र प्रभावित भएको बेलामा रेडियोहरुबाट तथ्यमुलक रचनात्मक गतिविधिहरु प्रशारण गरेर नागरिकहरुलाई ढुक्क हुने वातावरण बनाउन आग्रह गरेका हुन् ।
अहिले नागरिकहरुमा त्रास सृजना भइरहेको भन्दै उनिहरुले कोरोना सम्बन्धी सकरात्मक सन्देश प्रवाह गरि कोरोना नियन्त्रणमा सहयोग पुग्ने उनिहरुको भनाई छ ।
शिक्षाका लागि राष्ट्रिय अभियानका कर्णाली प्रदेश संयोजक तथा स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले महामारीको यो बेलामा सामुदायिक रेडियोहरुको उल्लेखनिय भुमीका रहने बताउनुभयो ।
यस्तै, प्रदेश अस्पताल सुर्खेतका कोभिड–१९ फोकल पर्सन् केएन पौडेलले सामुदायिक रेडियोले यो विषम परिस्थितीको समयमा तथ्यपरक सुचना र नागरिकहरुलाई स्वास्थ्य सावधानीको बारेमा जानकारी दिनुपर्ने बताउनुभयो ।