सुर्खेत, १३ जेठ (जागरण) । कर्णाली प्रदेशको संसद वैठक आज बस्दैछ । दिउँसो ३ बजे बस्ने संसद वैठकमा सरकारले आगामी बजेटको सिद्धान्त, उद्देश्य र निति तथा प्राथमिकताका बारेमा प्रस्ताव पेश गर्ने भएको छ ।
वैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पुर्व बजेट छलफलका लागि बजेटको प्राथमिकता समेटिएको प्रस्ताव पेश गर्न लागिएको जानकारी दिनुभयो ।
आज पेश हुने बजेटको प्राथमिकतामाथि भोली सोमबारदेखि छलफल गरिने उहाँले बताउनुभयो ।
छलफलमा सांसदहरुले दिएको सुझावका आधारमा नै निती तथा कार्यक्रम पेश गरिने मन्त्री ज्वालाले बताउनुभयो ।
यसैबिच, आजको संसद वैठकमा शुक्रबार संसदमा पेश भएको मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवासम्बन्धी बनेको विधेयक–२०७५ र सार्वजनिक लिखत प्रमाणीकरण कार्य्विधि सम्बन्धि विधेयकमा सैद्धान्तिक छलफल हुने प्रदेशसभा सचिवालयका सचिव राजेश पौडेलले जानकारी दिनुभयो ।