जागरण एफएम १३ औँ वर्षमा प्रवेश

सुर्खेत, ३१ भदौ (जागरण) । हातेमालो जागरण बहुउद्देश्यीय सहकारी संस्थाद्वारा संचालित जागरण एफ एम सुर्खेत आज १२ वर्ष पूरा गरी १३ औँ वर्षमा प्रवेश गरेको छ ।
‘जनताको आवाज’ नाराका साथ २०६५ सालमा स्थापना भएको जागरण एफ. एम. आजदेखि १२ वर्ष पुरा गरेर १३ औँ वर्षमा प्रवेश गरेको हो ।
वि. सं. २०६५ भदौ ३१ गतेदेखि एफ. एम. व्याण्ड ९० थोप्लो ८ मेगाहर्जबाट प्रशारण आरम्भ गरेको रहेको जागरण एफ. एम.ले विपन्न, पछाडी पारिएका नागरिहरुको आवाज बुलन्द बनाउँदै आएको छ ।
कर्णाली प्रदेशको राजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडानम्बर १२ का युवाहरुले स्थापना गरेको जागरण बहुउद्देश्यीय सहकारी संस्था लि. र हाल हातेमालो जागरण बहुउद्देश्यीय सहकारी संस्था लि. ले ‘जनताको आवाज’ नाराका साथ रेडियो स्थापना गरेका थिए ।
समुदायका बढीभन्दा बढी नागरिकहरुको सहभागितामा नागरिकको सूचना प्राप्त गर्ने हकलाई सुनिश्चित गर्दै सञ्चारकर्म गर्ने अभिप्रायले जागरण एफ. एम. सञ्चालनमा आएको हो ।
विशेषगरी, रेडियोले पर्यटन, स्वास्थ्य तथा सरसफाई, शिक्षा, कृषि, वातावरण संरक्षण एवंम् प्राकृतिक प्रकोप न्यूनिकरण र जलवायू परिवर्तन, सुशासन, लोकतन्त्र र विकास, महिला अधिकार, शान्ति तथा आर्थिक विकाससम्वन्धि जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।
जागरण एफ. एम. ले सुर्खेत जिल्लाको सवै स्थानिय तहसँगै कर्णाली प्रदेशका दैलेख, जाजरकोट, कालिकोट, रुकुम र सल्यान, ५ नम्वर प्रदेशका बाँके र बर्दिया तथा सुदुरपश्चिम प्रदेशका कैलाली र अछामका केही स्थानियतह सम्म आफ्नो प्रसारण ५ सय वाट् क्षमतासहित एफ. एम. व्याण्डमा ९० थाप्लो ८ मेगाहर्ज मार्फत आफ्नो प्रशारण सेवा पु¥याइरहेको छ ।

बढ्दो इन्टरनेटको पहुँचलाई ख्याल गर्दै सुर्खेतमै पहिलो पटक (वि.सं.२०६९) देखि अनलाइन
onlinejagaran.com,मोवाइल एप्लिकेशन, फेसबुक facebook.com/jagarannetwork,ट्वीटर @JagaranNetwork / र युट्युव च्यानल youtube.com/jagarantv बाट आफ्नो प्रशारण र प्रकाशन सञ्चालन गरिरहेको छ ।
कर्णाली प्रदेशका स्थानिय अन्य सामुदायिक रेडियो स्टेशनहरुसँग नेटवर्किङ्ग गरिरहेको छ । आफ्नो प्रशारणलाई जनमैत्री र समुदाय केन्द्रित गर्नका लागि विभीन्न २३ रेडियो श्रोता समूह गठन भई क्रियाशिल समेत छन् ।
सुर्खेतमै पहिलो पटक अनलाइन शुरु गरेको रेडियोले अहिले कर्णालीका २४ वटा रेडियोसँगको सहकार्यमा कर्णाली रैबार नामक समाचारमुलक कार्यक्रम प्रशारण गरि प्रदेशको नेटवर्क अभ्यास शुरु गरेको र यसलाई अझै फराकिलो बनाइने एफएमका अध्यक्ष पुर्ण प्रसाद पौड्यालले बताउनुभयो ।
आज स्थापना दिवसको अवसरमा सरोकारवाला तथा श्रोताहरुका प्रतिक्रिया तथा सल्लाह सुझावका लागि विहान ९ बजेदेखि विशेष रेडियो कार्यक्रम संचालन गरिने स्टेसन मेनेजर दीपेन्द्र ओलीले बताउनुभयो ।
कोभिड १९ को संक्रमणका कारण बार्षिक उत्सवलाई औपचारिक रुपमा संचालन गर्न नसकिएको उहाले जानकारी दिनुभयो ।
यस्तै वार्षिकोत्सबको अवसरमा शुभकामना तथा प्रतिक्रिया प्राप्त भइरहेका छन् । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले एफ.एमले समाजलाई सुसूचित गरी सशक्त ढङ्गबाट सधै सक्रिय भएर लाग्न सकोष भनि शुभकामना व्यक्ति गर्नुभएको छ ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले एउटा सामाजिक रुपान्तरणको लागि संचारमाध्यमले पहेदारकारुपमा जागरण एफ.एमले महत्व पूर्ण भूमीका खेलेको भन्दै आगामि दिनमा थप सत्य तथ्य समाचार सम्प्रेषण गरोस भनी शुभकामना दिनुभएको छ ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्द सिंह बुढाले उद्योग तथा पर्यटन प्रर्वदन, पर्यावरण संरचन र जैविक विविधताको क्षेत्रमा आम नागरिकलाई सुसूचीत बनाओस भनी शुभकामना व्यक्त गर्नुभयो ।
यस्तै सामुदायिक रेडियो प्रसारण संघका अध्यक्ष सुवास खतिवडाले कर्णाली जस्तो विकासका पूर्वाधारले पछाडि परेको र जनचेतानाको हिसावले पनि पछिपरेको, अन्य अभियानहरुबाट समेत बन्चित रहेको रेडियाले नागरिकको सूचनाको हकको निम्ति र समाजिक पहेदारको निम्ति आगामि दिनमा निरन्तरण काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
यता, विरेन्द्र नगरनगर नगपालिकाका नगर प्रमुख देवकुमार सुवेदीले आगामि दिनमा नगरपालिकाको विकास र आम नगरवासीहरुको सूसुचित गर्ने महान अभियान सँगै सामाजिक रुपान्तरणको लागि एम.एमले सूचनाको पहँचलाई आम नागरिकसमक्ष्य पु¥याउन सफल रहने छ भन्ने शुभकामना व्यक्त गर्नुभयो ।