आजदेखि लामो दुरीका यातायत संचालन हुदै

सुर्खेत, असोज १ (जागरण) । कोरोना भाइरसको महामारीका कारण गएको चैत महिनादेखि बन्द रहेको लामो दुरीका गाडी भोलीदेखि सञ्चालनमा आउँदै छन् ।
कोरोनाको जोखिम कायमै रहे पनि सरकारले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर लामो दुरीका गाडी खोल्न अनुमति दिएको हो ।
भोलिदेखि लामो दुरीका गाडीका साथै आन्तरिक हवाई उडान र होटल रेस्टुरेन्ट खुल्दै छन् । जनजीवनलाई सामान्यतर्फ फर्काउन यी क्षेत्र खुलाइएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
यसैबिच, कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको बसपार्कमा मानिसहरुको चहलपहल शुरु हुन थालेको छ ।
सुर्खेतबाट बाहिरिने नागरिकहरुले आज देखि बसपार्कमा चहलपहल सुरु भएको छ ।
यात्रुबाट तोकिएको भाडाभन्दा बढी भाडा लिएको पाइए खबर गर्न स्थानीय प्रशासनले नागरिकहरुलाई आग्रह समेत गरेको छ ।