कर्णाली प्रदेशमा पहिलोपटक आयोजना भएको कर्णाली प्रिमियर लिग ‘केपीएल’ क्रिकेट भर्खरै सम्पन्न भयो । राष्ट्रिय टिमका खेलाडी समेत १० वटा टोलीले सहभागिता रहेको केपिएलले प्रदेशका युवाहरुलाई क्रिकेटमा थप हौसला प्रदान गरेको छ ।
राष्ट्रिय टीमका खेलाडीहरुले सुर्खेतमा पनि क्रिकेटको माहोल बढ्दै गएकोमा खुशी व्यक्त गरे । नेपाली राष्ट्रिय टीमका स्पिनर शक्ति गौचन नेतृत्वको रुपन्देही ११ टीम केपिएल क्रिकेटमा उपविजेता बन्यो । गौचनसँग जागरणकर्मी मुना हमालले गरेको कुराकानीः
१) पहिलो पटक सुर्खेतमा आएर केपिएल खेल्दाको अनुभुति कस्तो भयो ?
रमाइलो अनुभवन भयो । पहिलोपटक सुर्खेतमा आएर क्रिकेट खेलेर उपविजेता बन्न पाइयो । राजा वीरेन्द्रलाई धेरै मन परेको ठाउँ, सुर्खेतमा घुम्न आउने सोच थियो । चाहाना घुम्न आउने थियो, लक्कीले खेल्न आयो । खुशी छौँ ।
२) मोफसलमा क्रिकेटको माहोल कस्तो पाउनुभयो ?
सुर्खेतमा क्रिकेटको माहोल मैले सोचेको भन्दा पनि धेरै राम्रो पाएँ । खेल हुँदैछ ठिकै होला भन्ने लागेको थियो । ग्रासुटदेखिनै सानो साना भाइहरु बाटोमा क्रिकेट खेलिरहेको पनि देखे । विश्वास नै थिएन्, सुर्खेतमा पनि क्रिकेट लोकिप्रिय यस्तो भएको रहिछ । क्रिकेटका परिचित शहर छन् । सुर्खेतको पनि त्यस्तो खालको वातावरण मैले यहाँ देखेको छु । उहाँहरुको क्रिकेट प्रतिको मोह धेरै नै छ । दर्शकहरु पनि उत्साहित भएको पाएँ ।
३) केपिएलले क्रिकेटको विकासमा कस्तो योगदान दिन्छ होला ?
यसले राष्टिय खेलाडीहरुलाई भन्दा पनि नयाँ अनुहारलाई धेरै मदत पु¥याएको हुन्छ । हाम्रो गुफ्रमा पनि राष्टिय खेलाडीहरु थिए । नयाँ अनुहार सुर्खेतमा हेरेको थिए । राष्टिय खेलाडीहरुको अगाडी खेल्दा धेरै सिकाइ पनि हुन्छ । एक्पोजर हुन्छ र स्टेप बाइ स्टेप चढ्न पाउने अबसर पाउँछ ।
४) मोफसलमा क्रिकेट विकासका लागि के गर्नुपर्छ होला ?
यहाँ त्यति राम्रो ग्राउण्ड छैन् । तैपनि यस्तो ग्राउण्डमा खेल भइहाल्छ । मेन कुरा क्रिकेट एकेडेमी सेटअप गर्नुप¥यो । स्कुल लेबरमा क्रिकेटको माहोल क्रेट गर्नुपर्छ । जुनियर लेबलको टुनामेटहरु गर्नुपर्छ । कुनै पनि जिल्ला तथा क्षेत्रहरुमा क्रिकेटको विकासका लागि स्कुलहरुमा टुनामेट हुनुपर्छ र स्कुलमा लेबरमा हुनसाथ बच्चाहरु आफै खेल्न चाहान्छन् । सकेसम्म राष्टिय खेलाडीहरुलाई पनि ल्याएर स्कुलहरुले कोचिङ दिने ग¥यो भने धेरै नै राम्रो हुन्छ । जिल्ला क्रिकेट संघले पनि क्रिकेट एकेडेमी स्थापना गर्न सक्यो भने भलिका दिनमा राष्टिय अथवा अन्तराष्टिय स्तरमा नै खेलाडीहरुले राम्रो क्षमता प्रदर्शन गर्न सक्छन् । सुर्खेतमा पनि राम्रो राम्रो ग्राउण्डहरु रहेछन् । यिनलाई व्यवस्वस्थित गरायो भने अझै राम्रो हुन्छ ।
र सबै भन्दा पहिले क्यानमा रहेको वादविवदा सुलझाउनु पर्छ । क्यान सेटल हुनुपर्छ । त्यो नभएसम्म सरकारपनि आफै योजना गराउन सक्दैन् । सरकारले मैदानहरुको व्यवस्थाहरु पनि गरेको पनि छ तर संघ नआएसम्म हुँदैन् । त्यस कारण विवाद सुल्झाउनुपर्छ । क्यान अयो भने सबै व्यवस्थापन हुँदैजान्छ ।
५) क्रिकेटको आधिकारिक निकायबाट क्रिकेटका प्रतियोगताहरु नभएको धेरै नै भयो निजि क्षेत्रबाट आयोजित प्रतियोगिता खेल्नु भयो, छ कस्तो लागि रहेको छ ?
म त चाहान्छु , यस्तो खालको खेलहरु भइरहुन । सुर्खेतले यो राष्टिय स्तरको प्रतियोगिताको आयोजना गरेर इक्जामल सेट गरेको छ । यसको उदारण क्रिकेटसंग सम्बधितले किन नगर्ने । सुर्खेतले इकाजलम अन्य जिल्लाहरुले पनि अनुशरण गर्नूपर्छ भन्ने लाग्छ । प्रत्येक जिल्लाले वर्षमा एक पटक गरेर भने पनि कुनै पनि सिजनमा खेलाडीहरु फ्रि हुँदैन् । टुनामेटले गर्दा हाम्रो एक्पोजर पनि हुन्छ र विकास पनि हुन्छ । क्यानसंग सम्बन्धित निकायले संचलान गरे भने आफै प्रतियोगिताहरु आयोजनाहरु भइरहन्छन् ।
६) केपिएलको यात्रा तपाईहरुको अपेक्षा अनुसार भयो की भएन् ?
नयाँ खेलाडीहरुको एक्पोजरको लागि पनि हून्छ भन्ने सोचले हामी यहाँ लोक लेबलमा भएका प्रतियोगितामा आयौँ । १४ जना छटनोट गरेर आएका थियौँ । हामीले जुन खेल्यौँ । राम्रो गरेको छाँै । टिमले आफ्नो प्रफोमन्स प्रस्तुत गरिरहेको छ । यसले हामीलाई अझै निखारता ल्याएको छ । हामी सान्तोष नै छाँै ।
७) आफ्नो प्रर्दशनबाट कतिको खुशी हुनुहुन्छ ?
मैले आफ्नो पर्दशनबाट खुशी छु । टिमको क्याप्टेनको हिसाबले आफ्नो पोफमेन्स प्रदर्शन गरेको छु भन्ने लाग्छ ।