भैंसीपालन व्यवसायतर्फ कृषकको आकर्षण

केशर पुन ।
रुकुम पश्चिम, १ असोज, (जागरण) । रुकुम पश्चिममा पछिल्लो समय भैंसीपालन व्यवसायतर्फ कृषकको आकर्षण बढेको छ । आयआर्जनका लागि निर्वाहमूखी परम्परागत पशुपालन व्यवसायलाई सुधार गरी आधुनिक र व्यवसायिकता तर्फ विकास गर्ने भन्दै भैंसिपालन व्यवसायमा कृषकको रुची बढेको हो ।
दुग्धजन्य पदार्थको उत्पादन, खपत र बिक्रिबाटै राम्रो आम्दानी गर्न सकिने भन्दै भैंसीपलान व्यवसायमा लाग्नेको संख्या बढेको मित्रता भैंसी फार्मका अध्यक्ष दुर्गाबहादुर बाँठाले बताउनुभयो ।
पशुपालन व्यवसाय अन्तरगत भैंसीपालन व्यवसाय नै उपयुुक्त भएकाले पछिल्लो समय जिल्लामा सामुहिक भैंसीफार्म, समुह र सहकारी स्थापना भएका छन् ।
यस्तै, रुकुम पश्चिमकोे त्रिवेणी गाउँपालिकाले अदुवा प्रशोधनको तयारी अन्तिम चरणमा पु¥याएको छ ।
गाउँपालिकाको दश वटै वडामा उत्पादन हुने अदुवा खेतीलाई लक्षित गरी वडानम्बर –६, को दहबाङ्गमा अदुवा प्रशोधनको तयारी अन्तिम चरणमा पुगेको गाउँपालिकाले बताएको छ ।