
फोटोः दिलमायाँ शाही
सुर्खेत, २ असोज (जागरण) । कर्णालीका राजनितिक दलहरुले नै सरकारको नीति नियम पालना नगर्ने गरेको पाइएको छ ।
कोरोना संक्रमण बढीरहेको भन्दै सरकारले धेरै भिडभाड नगर्न आग्रह गरिरहेको भएपनि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीसहित मन्त्री र विभिन्न राजनितिक दलका नेताहरु हुलका हुल बाधेर कार्यक्रम गर्न थालेका हुन् ।
प्रदेश सरकारका मुख्यमन्त्रीससहित तिन मन्त्री अहिले माथिल्लो कर्णालीका जिल्लाहरुमा पुगेका छन् । त्यहा उनिहरुले विभिन्न कार्यक्रमको नाममा हुलका हुल मानिसहरु जम्मा गर्ने गरेका छन् । यस्तै, आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला अहिले गृह जिल्ला सल्यानमा हुनुहुन्छ । उहाले पनि दैनिक नै कार्यक्रमहरुमा सहभागी हुदै आउनुभएको छ ।
उनिहरु केही दिनदेखि विपद व्यवस्थापनको लागि भन्दै माथिल्लो कर्णाल िदौडाहमा छन् । मन्त्रीहरुले कालिकोट, मुगु, जुम्ला लगायतका विभिन्न जिल्लामा नागरिकहरु जम्मा गरि कार्यक्रम गर्ने गरेको भन्दै नागरिक समाजका अगुवाहरुले विरोध जनाएका छन् ।
प्रदेश सरकारले जनतालाई कारोनाको महामारीमा लिन खोजेको भन्दै सरकार आफै नियमको पालना नगर्दा जोखिम अझै बढेको नागरिक समाजका एक जना अगुवाले नाम नभन्ने सर्तमा बताए ।
यता, प्रदेशमा सक्रिय राजनितिक दलहरु पनि पार्टी प्रवेश बनाउने हेडबाजीमा नै छन् २५ गते नेपाली कांग्रेस जाजरकोटले भेरी नगरपालिका–६ मा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो । जहाँ ७४ जना राजनीतिक कार्यकर्ता पार्टी प्रवेश गराएको थियो ।
त्यतिबेलै नेकपाले पनि जाजरकोटको नलगाड नगरपालिका–२ मा पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ भएको थियो ।
देशैभर कोरोना भाइरस संक्रमणको संकट रहेका बेला नेकपा र कांग्रेसले राजनीतिक गतिविधि गर्दै पार्टी प्रवेशको होडबाजी गरिरहेका छन् । होडबाजीमा कर्णाली प्रदेशका मुख्यमन्त्री शाही लगायतका मन्त्रीहरु पनि छन् ।
सरकारले राजनीतिक भेला र भीडभाड नगर्नू भनेर निषेध गरेको अवस्थामा समेत नेकपाका मुख्यमन्त्री र प्रतिपक्षी दलका कांग्रेसबाट राजनीतिक गतिविधि भइरहेका छन् । नागरिकहरुले भने यसको विरोध गरिरहेका छन् ।
यता, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री जीवनबहादुर शाहीले कांग्रेस पार्टीले एकाध स्थानमा सामाजिक दूरी सहितका कार्यक्रम गरेपनि सत्तापक्षको जस्तो भीडभाड गर्ने काम नभएको दाबी गर्नुयो ।
नेकपा कर्णाली प्रदेश अध्यक्ष गोरख बोगटीले पार्टीको नीति धेरै भीडभाड नगर्ने रहेको बताए । प्रदेश सरकारका मन्त्रीले सानो टीममा योजना अनुगमन गर्न, बाढीपहिरो पीडितलाई भेट्न जान पाइने बताउनुभयो ।