तोकिएभन्दा धेरै भाडा लिएको पाइए कारवाही हुने

पंख बहादुर शाही ।
सुर्खेत, २ असोज (जागरण) । लामो दुरीका सवारी साधनहरु संचालन आएसँगै नागरिकहरुको आवातजावत शुरु भएको छ ।
सरकारले लामो दुरीका सवारी साधनहरु पनि संचालन गर्ने निणर््ाय गरेसँगै नागरिकको आवातजावत बढ्न थालेको हो ।
यात्राको क्रममा स्वास्थ्य सावधानी अपनाउन विज्ञहरु सुझाव दिएका छन् भने तोकिएको भन्दा मंहगो भाडा लिनेलाई कारवाही गरिने प्रहरीले बताएको छ ।
साविकको भाडादर ५० प्रतिशतले वृद्धि भएको भन्दै तोकिएकोभन्दा धेरै भाडा कसैले असुल गरेको पाइएमा कानुनअनुसार कारवाही हुने प्रहरीको भनाई छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत देखि विभिन्न जिल्लामा जाने सवारी साधनले यात्रुबाट तोकिएकोभन्दा धेरै भाडा लिए प्रहरीलाई जानकारी गराउन जिल्ला प्रहरी कार्यालय सुर्खेतले आग्रह गरेको छ ।
प्रहरी कार्यालयका डिएसपी राम प्रसाद घर्तीले यस्तो विषम परिस्थितिमा पनि गाडी संचालकहरुले यात्रुहरु ठगेको पाइए कडा कारवाही गरिने कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
यस्तै, सरकारले जारी गरेका स्वास्थ्य नियम पालना गर्न समेत उहाले आग्रह गर्नुभयो सरकारले कुनै पनि सवारी साधनको सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्न पाउने नियम बनाएको छ ।