जागरण एफएम सुर्खेतका स्टेसन म्यानेजर ओली सम्मानित

सुर्खेत, ७ असोज (जागरण) । जागरण एफएम सुर्खेतका स्टेसन म्यानेजर दीपेन्द्र ओली यस वर्षको राष्ट्रिय युवा पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
सुर्खेतमा रहेर विगत लामो समयदेखि क्रियाशिल पत्रकारीता गर्दै आएको भन्दै बर्षेनी दिइने युवा पत्रकारिता पुरस्कारबाट उहाँ सम्मानित हुनुभएको हो ।
आज प्रेस काउन्सील नेपालको ५१ औं वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोहको अवसरमा उहालाई पुरस्कारबाट सम्मान गरिएको छ ।
यस्तै, सुर्खेतमा पत्रकारिता क्षेत्रमा सक्रिय रहनुएको संसदीय मामिला पत्रकार समाजका अध्यक्ष एवम लोकान्तरका सुर्खेत सम्बादाता सेरबहादुर थापा पनि युवा पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले युवा पत्रकारिता पुरस्कार वितरण गर्नुभएको थियो ।