कालि बहादुर नेपाली ।
जाजरकोट, ७ असोज (जागरण) । जाजरकोटको कुशे गाउँपालिकामा गरिएको वालविवाह वाल सञ्जालको उजुरीले वदर गराएको छ ।
वाल विवाहको दर उच्च भएको गाउँपालिका वडा नम्वर १ मा वडा वाल अधिकार समिति र वाल सन्जालको पहलमा वाल विवाह रद्ध भएको हो ।
कुशे १ का २४ वर्षका दिपक महतारा र १८ वर्षकी शुसीला चलाउनेले विवाह गर्दा शुसीलाको उमेर नपुगेर वाल विवाह भएको भन्दै वडा वाल अधिकार समिति र वडा वाल सञ्जालले उनीहरुको विवाह रद्ध गरेको वडाध्यक्ष गोपालवहादुर नेपालीले वताउनुभयो ।
उहाँले प्रहरी र वडा वाल अधिकार समितिले दुवै पक्षलाइ कागज गराएर वाल विवाह रद्ध गराउने काम गरेको वताउनुभएको छ ।