कर्णालीमा थपिए एघार जना नयाँ कोरोना संक्रमित

सुर्खेत, ९ असोज (जागरण) । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ११ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन् ।
कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल दैलेख र चौरजहारी पिसिआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ११ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै हाल कर्णालीमा कोरोना संक्रमितको संख्या तीन हजार दुई सय ८७ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कडेलले कर्णाली रैबारलाई बताउनुभयो ।
यस्तै, पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशका विभिन्न अस्पताल तथा आइसुलेसन सेन्टरबाट २० जना कोरोनामुक्त भएका छन् । योसँगै कर्णाली प्रदेशमा अहिले सम्म कोरोना भाइरसको संक्रमण जित्नेको संख्या २ हजार ७ सय ५१ जना पुगेको अधिकृत कंडेलले बताउनुभयो ।
यस्तै कर्मचारीलाई कोरोना देखिएपछि कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सिल गरिएको छ ।
महाशाखामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पृष्टी भएपछि ३ दिनका लागि महाशाखा सिल गरिएको हो ।
मन्त्रालयका सचिव लोकनाथ पौड्यालद्धारा हस्ताक्षरीत सुचना पत्रमा असोज ८, ९ र १० गते ३ दिनका लागि स्वास्थ्य सेवा महाशाखा सिल गरिएको उल्लेख छ ।