कोरोनाले पर्यटन क्षेत्र थलियो, पर्यटन क्षेत्र व्युझाउने प्रदेश सरकारसँग कुनै योजना छैन्

पंख बहादुर शाही ।
सुर्खेत, १२ असोज (जागरण) । केही फड्को मार्न थालेको कर्णालीको पर्यटन क्षेत्र कोरोना महामारीका कारण धरापमा परेको छ ।
देश संघीय संरचनामा संचालनपछि केही फड्को मार्न लागेको कर्णालीको पर्यटन क्षेत्र कोराना महामारीका धरापमा परेको हो । विगतमा यतीबेला रारा लगायतका क्षेत्रमा घुम्न आउनेको बाक्लो भिड हुन्थ्यो । तर अहिले चहलपहल छैन् ।
रारा पर्यटन बर्ष र नेपाल सरकारद्धारा सञ्चालित नेपाल पर्यटन भ्रमण बर्षले कर्णालीको ग्रामिण पर्यटन क्षेत्रमा पनि आकर्षण बढ्न थालेको थियो ।
तर, पर्यटन भ्रमण बर्ष शुरु भए सँगै भित्रिएको कोरोनाका कारण कर्णालीको पर्यटन क्षेत्र एक कदम पछि परेको हो ।
कर्णालीमा पर्यटन क्षेत्रबाट नै प्रदेशको भविष्य खोजिरहेको कर्णाली सरकारले चालु आर्थिक बर्षमा भने यो क्षेत्रलाई उकास्ने खालका कार्यक्रम भने खास्सै ल्याएको छैन् ।
गत बर्ष एक चौथाइ बजेट पर्यटन क्षेत्रमा विनियोजन गरेको प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले चालु आवमा करिब ६ प्रतिशत बजेट रहेको बताएको छ ।
चालु आवमा पर्यटन क्षेत्रलाइ चलायमान गर्न सक्ने अबस्था करिब–करिब टर्ने सम्भावना देखिएपछि बजेट आकार पनि घटाइएको सरकारले जनाएको छ ।
विगत बर्ष देखिनै सञ्चालनमा रहेका पर्यटन क्षेत्रका पुर्वाधारका काम भने निरन्तर चलिरहेको मन्त्रालयले जनाएको छ ।
कोरोनाले थलिएको पर्यटन व्यवसायलाइ उकास्ने भनेर छुट्टै कार्यक्रम नभएको मन्त्रालयका सचिव कृष्ण प्रसाद आचार्यले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
गत आर्थिक बर्षमा मन्त्रालयले प्रतिफल आउने खालको काम गर्न सफल भएको उहाको दाबी छ । गत आवमा मन्त्रालयले साढे ६ लाख भन्दा धेरै जनालाई पर्यटन क्षेत्रमा रोजगारी दिएको दावी गरेको छ ।