कृषि सौलियत ऋण कार्यक्रम सबै जिल्लामा पुग्न सकेन्

नन्द कठायत ।
सुर्खेत, १२ असोज (जागरण) । कर्णाली प्रदेश सरकारले कृषकलाई सहुलियतमा ऋण उपलब्ध गराउनेगरी कार्यक्रम बनाएपनि अहिले सम्म प्रदेशका सबै जिल्लामा कार्यक्रम पुग्न सकेको छैन ।
भदौ एक देखि कार्यक्रम सार्वजनिक गरेपनि प्रदेशका सबै जिल्लामा पुगि नसकेको हो ।
केही कार्यक्रम सार्वजनिक गरेको भएपनि अझै केही कार्यक्रमहरु संसोधनको प्रक्रियामा रहेकाले कार्यक्रम लन्च हुन समय लागेको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका योजना अनुगमन तथा तथ्याङ्क शाखाका अधिकृत रामभक्त अधिकारीले कर्णाली रैबारलाई जानकारी दिनुभयो । कार्यक्रम कार्यान्वयनको शुरुवात भएकाले अब तत्काल काम अगाडी बढ्ने भन्दै उहाले ऋण लिदा त्यती झन्जटिलो नहुनेगरी कार्यविधि तयार भइरहेको बताउनुभयो ।
उहाँका अनुसार सबै कृषकहरुले थाह नपाउने भएकाले नेपाल राष्ट बैंक मार्फत राष्ट बैंक मातहतका बैंकलाई परिपत्र गर्न लगाइएको छ ।
कार्यविधी अनुसार लक्षित कृषक ऋणीलाई ब्याज अनुदान प्राप्त हुने गरी बैंकले सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने गरी व्यवस्था गरिने उहाँले बताउनुभयो । आवाज…
कर्णाली प्रदेशभित्र कृषि र पशुपन्छीपालन व्यवसाय गर्ने कृषकहरुले मात्र यो सुुविधा पाउने छन् ।
सरकारको कार्यक्रमबाट साना किसानलाई अर्थात् अति विपन्न लक्षित वर्गका किसानलाई विशेष अनुदान दिने र प्रोत्साहन अनुदान दिने गरीे काम अगाडि बढाइएको छ । तर कृषकहरुसम्म भने ऋण कसरी लिने ? भन्ने जानकारीको अभाव रहेको पाइन्छ ।