आर्थिक अवस्था सुधार गर्ने कर्णाली सरकारका यस्ता छन् योजना

सुर्खेत, १७ असोज (जागरण) । कर्णाली प्रदेश सरकारले विपन्न नागरिकहरुको आर्थिक अवस्था सुधारका लागि परिणाममुखी काम गरिने दाबी गरेको छ ।
प्रदेशमा रहदै आएको गरिबी कम गर्न विभिन्न कार्यक्रम प्रत्यक्ष नागरिकहरुसम्मै पुग्नेगरी संचालन गर्न लागिएकाले अब विपन्न नागरिकको आर्थिक अवस्था माथी उठ्ने बताएको हो ।
प्रदेश सरकारका प्रवक्ता एवम भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले सरकारले शुरुदेखि नै विपन्न लक्षित कार्यक्रम संचालन गरेको भन्दै त्यसको परिणाम देखिन केही समय लाग्ने कर्णाली रैबारलाई बताउनुभयो ।
गत बर्षदेखि शुरु गरिएको नमुना गाउँ बनाउने कार्यक्रम यो बर्षपनि निरन्तरता दिएको भन्दै उहाले यो कार्यक्रमले पनि विपन्न नागरिकहरुको जिवन स्तर सुधारमा ठुलो परिवर्तन आउने दाबी उहाले गर्नुभयो ।
तर सरोकारवालाहरुले भने कर्णाली प्रदेश सरकारले योजना तथा कार्यक्रम राम्रा बनाएको भएपनि कार्यान्वयन गर्न नसकेको भन्दै आलोचना गर्ने गरेका छन् ।
सरकारले अहिलेसम्म ल्याएका अधिकांस कार्यक्रमहरु कार्यान्वयन फितलो देखिएको उनिहरुको भनाई छ ।