कर्णालीमा थप ६९ जनामा कोरोना पुष्टी

सुर्खेत, २२ असोज (जागरण) । पछिल्लो २४ घण्टामा कर्णालीमा थप ६९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेश अस्पतालपशुपन्छी रोग अन्वेषण प्रयोगशालामा सुर्खेत, दैलेख अस्पताल दैलेख र चौरजहारी पिसिआर प्रयोगशाला रुकुम पश्चिममा गरिएको परिक्षणका क्रममा थप ६९ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ४ हजार ३७ जना पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार थप संक्रमित सुर्खेतका ५४ जना, दैलेखका ५, डोल्पाका २ जना, रुकुम पश्चिम र जुम्लाका १÷१ जना र अन्य प्रदेशका ६ जना रहेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशका विभिन्न अस्पताल तथा आइसुलेसन सेन्टरबाट थप ४४ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार २ सय २९ पुगेको छ ।
अब कर्णाली प्रदेशमा कोरोनाका संक्रिय संक्रमितको संख्या ७ सय ८२ जना रहेको मन्त्रालयले जनाएको छ ।