टेकराज केसी ।
सुर्खेत, २४ असोज (जागरण) । सरकारी कार्यक्रम कार्यान्वन गनकर्णालीका नागरिकहरुले महिला बालबालिका माथी हुने विभिन्न हिंसाका घटना रोक्न बनाइएका कार्यक्रम ग्रामीण क्षेत्रमा कार्यान्वन गर्न सरकारहरुलाई आग्रह गरेका छन् ।
कर्णाली रैबारसँग कुराकानी गर्दै उनिहरुले स्थानीय र प्रदेश सरकारले महिला, बालबालिका माथी हुने हिंसा न्युनिकरणकरणको लागि योजना बनाएको भएपनि कार्यान्वयन फितलो भएको बताएका हुन् ।
योजना र कार्यक्रम बनाएर मात्र नहुने भन्दै उनिहरुले कर्णालीका विकट गाउँहरुका जनताको चेतनाको स्तर उठ्ने खालका कार्यक्रम बनाउन आग्रह गरेका छन् ।
हिमाली जिल्लाहरुमा अझैपनि महिला बालबालिका माथी विभिन्न हिंसाहरु भइरहेको भन्दै सरकारी योजना तथा कार्यक्रम विकट गाउँहरुमा कार्यान्वयन हुन आवश्यक रहेको उनिहरुको भनाई छ ।
हुम्ला सिमकोट ७ का लोकराज शाहीले महिला तथा बालबालिकामाथी हुने हिंसा बढ्नुको कारण नै चेतनाको स्तर नहुनुले भएको भन्दै यसको लागि गाउँगाउँमा जनचेतनाका कार्यक्रम संचालन गर्नुपर्ने बताउनुभयो ।
अन्य प्रदेशको तुलनामा कर्णाली महिला हिंसा हुनेमा पहिलो नम्बर पर्ने भन्दै अहिले पनि घरेलु तथा सामाजिक रुपमा महिलाहरु हिंसित हुनुपरेको बताउनुभयो ।
हुम्लाकै दान बहादुर शाहीले हिंसा हुनबाट महिला पनि आफै सचेत हुनुपर्ने भन्दै सरकारकाले हिंसा रोक्ने नाममा रकम हिनामिना गर्दा यस्ता घटना नरोकिएको बताउनुभयो ।
सुर्खेतका अर्का स्थानीय सृजना रोकायले महिला हिंसा रोक्ने योजना तथा कार्यक्रम बनाएर मात्र नहुने भन्दै कार्यान्वयनको पाटोलाई ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
यता, प्रदेश सरकारले भने महिला तथा बालबालिकामाथी हुने विभिन्न हिंसाहरु रोक्न सरकारले शुरदेखि नै पहल गरिरहेको प्रतिक्रिया दिएको छ ।
सामाजिक विकास मन्त्रालय महिला बालबालिका शाखाका महिला विकास अधिकृत अनिता ज्ञवालीले महिलाहरुलाई न्यायको पहुँचमा पु¥याउन १० वटै जिल्लामा सामाजिक विकास कार्यालयबाट सेवा संचालन गरिएको बताउनुभयो ।