सुर्खेत, २४ असोज (जागरण) । पछिल्लो २४ घण्टामा कर्णालीमा थप ६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेश अस्पतालपशुपन्छी रोग अन्वेषण प्रयोगशालामा सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल दैलेख र चौरजहारी पिसिआर प्रयोगशाला रुकुम पश्चिममा गरिएको परिक्षणका क्रममा थप ६२ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ४ हजार १ सय ६६ जना पुगेको प्रदेशको सामाजिक मन्त्रालय अन्र्तगतको स्वास्थ्य महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नबराज कंडेलले बताउनुभयो ।
यस्तै, पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशका विभिन्न अस्पताल तथा आइसुलेसन सेन्टरबाट थप २३ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ३ सय ३ पुगेको उहाँले बताउनुभयो ।
अब कर्णाली प्रदेशमा कोरोनाका संक्रिय संक्रमितको संख्या ७ सय ४७ जना रहेको मन्त्रालयले जनाएको छ ।