कोरोनापछि मानसिक रोगी बढ्दै, चिन्ता, भएबाट टाढा बस्न मनोचिकित्सकहरुको सुझाव

सुर्खेत, २५ असोज (जागरण) । लकडाउनको अवधीमा कर्णालीमा मानसिक टर्चरमा पर्ने व्यक्तीहरुको संख्या गत बर्षको तुलनामा चौगुणाले वृद्धि भएको पाइएको छ ।
एक अध्यनको तथ्याङ्कअनुसार विभिन्न कारणले मानसिक रुपमा टर्चरमा पर्ने व्यक्तीको संख्या चौगुणाले बढेको हो ।
रोजगारी गुमेका तथा व्यवसायमा घाटा बेहोरेकाहरु मध्य ५९ प्रतिशत मानसिक टर्चरमा रहेको पाइएको छ । यो गत बर्षको तुलनामा अत्याधीक धेरै हो ।
घरमा हुने मानसिक तनावमा यो बर्ष ६३.५ प्रतिशत छन् भने गत बर्ष यो संख्या जम्मा १३.५ प्रतिशत मात्र थियो ।
यस्तो हुनुमा लकडाउनको समयमा विभिन्न घरेलु हिंसा, व्यवसाय धरासायी, रोजगारी गुम्नु लगायतका कारणहरु रहेको मनोचिकित्सकहरुले बताएका छन् ।
उनिहरुको अनुसार कोरोनाका डरले पनि धेरै मानिसहरु मानसिक रोगी हुन पुगेको भन्दै यसतर्फ सरकारले विशेष कार्यक्रम बनाउनुपर्ने जोड दिएका छन् ।
यस्तै, कर्णालीमा गत चैत यता मात्रै विभिन्न प्रकृतिका ३ सय ६१ घटना भएको प्रदेश महिला प्रहरी सेलको तथ्याङ्कले देखाएको छ ।
प्रहरीमा दर्ता भएका उजुरीहरु मध्य सबैभन्दा धेरै घरेलु हिंसाका एक सय ८ वटा रहेका छन् ।
त्यसैगरी आत्महत्याका घटनाहरु पनि तिव्र रुपमा बढेको पाइएको छ । यो ६ महिनाको अवधीमा कर्णालीमा ९७ वटा आत्महत्यका घटनाहरु भएका छन् ।
यस्तै, जवरजस्तीकरणीका ६१, बहुबिबाहका २९ घटना, भवितब्य ज्यान २२ वटा र जवरजस्ती करणी उद्योगकका २० वटा घटना भएको प्रहरीले जनाएको छ ।
बालबिबाहका ७ वटा, कत्र्यव्य ज्यान मुद्धाका ६ वटा, बोक्सीको आरोपमा ४ वटा घटना भएका छन् ।
प्रहरीको तथ्याङ्कलाई केलाउँदा सबैभन्दा धेरै घटना घरेलु हिंसा र आत्महत्याका घटना धेरै भएको देखिन्छ ।
कोरोना भाइरस र त्यसपछिको लगातारको लकडाउनका कारण मानिसहरुमा घरमै बस्दा भए र चिन्ता बढेका कारण यी घटनाहरु वृद्धि भएको प्रहरीको निश्कर्ष छ । यी घटनाहरु अझै बढ्न सक्ने भन्दै मानसिक समस्या निम्तिन सक्नेतर्फ मनोचिकित्सकहरुले सचेत बनाएका छन् ।