कर्णाली थप एक सय ३३ जना नयाँ कोरोना संक्रमित

सुर्खेत, २६ असोज (जागरण) । पछिल्लो २४ घण्टामा कर्णालीमा थप १ सय ३३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेश अस्पतालपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल दैलेख र रुकुम पश्चि प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप १ सय ३३ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ४ हजार ४ सय १५ जना पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशका विभिन्न अस्पताल तथा आइसुलेसन सेन्टरबाट थप ५९ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ४ सय २५ पुगेको उहाले जानकारी दिनुभयो ।
यस्तै, सुर्खेतमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा वीरेन्द्रनगर नगरपालिका(१०, की ६५ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएकोे प्रदेश अस्पतालका कोरोना फोकल प्रशन डा. नवराज केसीले जानकारी दिनुभयो ।