प्रमुख सचेतकबाट हटाइएको प्रति सांसदहरुले उठाए बैधानिक प्रश्न

सुर्खेत, २६ असोज (जागरण) । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई हटाएर सिता नेपालीलाई जिम्मेवारी दिएपछि सांसदहरुले बैधानिक प्रश्न उठाएका छन् ।
अविश्वास प्रस्ताव आइसकेपछि मुख्यमन्त्रीले शाहीले प्रमुख सचेतकलाई हटाउन नमिल्ने भन्दै सांसदहरुले बैधानिक प्रश्न उठाएका हुन् ।
दैलेख निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद धर्मराज रेग्मीले मुख्यमन्त्री माथी अविश्वासको प्रस्ताव दर्ता भइसकेको भन्दै प्रमुख सचेतक हटाउन विद्यानत नमिल्ने कर्णाली रैबारलाई बताउनुभयो ।
यस्तै प्रमुख सचेतक शाहले मुख्यमन्त्री शाहीको यो निर्णय अवैधानिक भएकाले मान्य नहुने बताउनुभएको छ ।
प्रमुख सचेतक शाहलाई निलम्बन गरेर उहाको जिम्मेवारी पूर्वमाओवादी पृष्ठभूमिकी सीता नेपालीलाई लिखित पत्रसहित दिएको केही मिनेटमै शाहले त्यस्तो प्रतिक्रिया दिनुभएको हो ।
आफू अब संसदीय दलको नेता र मुख्यमन्त्री रहन्न भन्ने निश्चित भएपछि मुख्यमन्त्री शाहीले हतासमा आफूलाई निलम्बन गर्ने निर्णय गरेपनि अविश्वासको प्रस्ताव दर्ता हुनासाथ उहा आइतबारनै अवैधानिक भएको बताउनुभयो ।
आफुलाई मुख्यमन्त्रीले हटाउन नमिल्ने भन्दै अविश्वासको प्रस्तावपछि उहा कोमामा गइसकेको र दलको नेता आफू भएकाले बैठक आव्हान गरिसकेको र बैठक पूर्वनिर्धारित समयमै डाकेरै छोड्ने बताउनुभएको छ ।
शाहले मंगलबार १ बजेका लागि दलको बैठक बोलाउनुभएको छ । तर, शाहले बोलाएको बैठक बस्न नपाउँदै सोमबा नै उहालाई मुख्यमन्त्री शाहीले जिम्मेवारीबाट हटाएर सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिनुभएको छ ।
सोमबार जिम्मेवारी पाएकी प्रमुख सचेतक नेपालीले पनि मंगलबारकै लागि बैठक बोलाइसकेको जानकारी दिनुभएको छ ।
शाहले दिउँसो १ बजेका लागि बैठक बोलाउनुभएको थियो भने नेपालीले बिहान ११ बजेका लागि बैठक बोलाउनुभएको छ ।
पूर्वमाओवादीका तीन जना र पूर्वएमाले पृष्ठभूमिका गरी १५ जना गरी १८ जना नेकपा कर्णाली प्रदेशका सांसदले आइतबार मुख्यमन्त्री शाहीबिरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।