खानेपानी धारा जडानपछि स्थानीय खुशी

हस्त चौलागाईँ ।
कालिकोट, ३ कार्तिक (रेडियो चंखेली) । कालिकोट नरहरीनाथ गाउँपालिका वडा नं. ९ मा ३ सय ८२ घरधुरीमा मिटर सहितको खानेपानी धारा जडान गरिएको छ ।
धारा जडान पछी स्थानीय लाई १–२ घण्टा हिडेर पानी ल्याउनु पर्ने बाद्यता हटेको छ ।
स्थानीयहरुले घण्टौसम्म हिडेर पानी ल्याउनुपर्ने बाध्यता हटेपछि खुशी व्यक्त गरेका छन् ।
घर नजिकै धारा जडान भएपछि विशेषगरी महिलाहरुलाई हुने समस्या टरेको भनदै स्थानीय पार्वती बहोरोले खुशी व्यक्त गर्नुभयो ।
हेल्भेटास नेपालको १ करोड १८ लाख, नरहरीनाथ गाउँपालिकाको ८० असि लाख, स्थानीय जनश्रमदान ५७ लाख,१२ हजार,४ सय,९७ गरी जम्मा २ करोड ५५ लाख १२ हजार ४ सय ९७ परियोजनाको कुल लागतमा आयोजना सम्पन्न भएको हो ।