टेकराज केसी ।
सुर्खेत, ४ कार्तिक (जागरण) । धार्मीक स्थलहरुमा अझैपनि दलित समुदायका व्यक्तीहरुलाई दोश्रो दर्जामा राख्ने गरिएको कर्णालीका दलित समुदायका नागरिकहरुले गुनासो गरेका छन् ।
विगतको तुलनामा केही परिवर्तन भएपनि दलित मठमन्दिरमा पुजा गर्न जाँदा दोश्रो दर्जाको रुपमा हेर्ने गरिएको गुनासो गरेका हुन् ।
उनिहरुले संविधानले नै विभेद गर्न नपाइनेगरी व्यवस्था गरेको भएपनि अझै दलित समुदाय धार्मीक रुपमा पनि विभेद पर्नुपरेको बताएका छन् ।
आफुहरु मन्दीरमा पुजा गर्न जाँदा पुजा गर्न नदिइने गरेको भन्दै जाजरकोट शिवालय गाउँपालिकाका स्थानीय कमला कुमारी नेपालले अझैपनि विभेद कायम रहेको कर्णाली रैबारलाई बताउनुभयो ।
सुर्खेत वराहाताल गाउँपालिका वडा नम्बर ५ की सुशिला कुमारी परियारले अझै केही रुपमा परिवर्तन भएपनि निर्मुल नै हुन नसकेको बताउनुभयो ।
अर्का स्थानीय गगन नेपालीले मन्दिरै जान नदिने अवस्था नभएपनि भित्रीरुपमा विभेद कायम रहेको बताउनुभयो ।
यता, मानवशास्त्री भिउसिङ बुढाले भने समानता कायम नभएसम्म हाम्रो समाजको विकास हुन नसक्ने भन्दै त्यतातिर सबैको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।