कर्णालीका केही जिल्ला पुन निशेधाज्ञा, सचेत रहन सर्वसाधरणलाई अपिल

सुर्खेत, ५ कार्तिक (जागरण) । चाडपर्वमा भिडभाड हुन थालेपछि कर्णालीका स्थानीय प्रशासनहरुले पुन निशेधाज्ञा गर्न शुरु गरेका छन् ।
चाडपर्वको बेला चहलपहल बढेपछि कोरोना संक्रमण फैलिन सक्ने भन्दै स्थानीय प्रशासनहरुले निशेधाज्ञा लगाउन शुरु गरेका हुन् ।
नागरिकहरुको लापरवाहीका कारण संक्रमण दर बढ्न सक्ने भन्दै स्वास्थ्यका मापदण्ड अपनाउन समेत आग्रह प्रशासनको छ ।
संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय दैलेखले बजार क्षेत्र फेरी बन्द गर्ने निर्णय गरेको छ ।
आज एक सुचना जारी गर्दै सरस्वती मा.वि., तर्ताङ्ग देखी कलेलचोक, भैसेखोर सम्मको बजारक्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।
सदरमुकाम क्षेत्रभित्रका दैनिक उपभोग्य बस्तु खाद्यान्न, तरकारी, फलफूल, इन्धन, दुध डेरी, औषधी पसल, एग्रोभेट बाहेकका सम्पूर्ण सेवा, तत्कालका लागि बन्द गर्न जिल्ला प्रशासनले निर्देशन दिएको हो ।
प्रशासनले इन्धन, औषधी पसल र एग्रोभेट बाहेक अन्य अत्यावश्यक वस्तु तथा सेवा प्रत्येक दिन विहान ७ः०० बजे देखी ११ः०० सम्म सञ्चालन गर्न पाउने जनाएको छ ।
जिल्ला संञ्चालनमा रहेका सरकारी कार्यालयहरू, संस्थान, संघसंस्था र बैक तथा वित्तिय संस्थाहरू पनि १५ गतेसम्म अत्यावश्यक कार्य बाहेकका सम्पूर्ण सार्वजनिक सेवा पूर्ण रुपमा बन्द हुने छन् ।
यस्तै, मुगुमा पनि आजदेखि लागु हुनेगरी १५ गतेसम्मको लागि निशेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचनामा अत्यावशकिय सेवा बाहेक सबै सेवा बन्द गरिने भएको छ । मुगुबाट खड्क सुनार र दैलेखका गोविन्द केसीको सहयोगमा ।

यता, जिल्ला प्रशासन कार्यलय सुखर्तेले चाडबाडको बेला हुने सक्ने जोखिमलाई मध्यनजर गर्दै उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।
प्रशासनले चाडपर्वको बेला विभिन्न सक्तिपिडहरुमा श्रद्धालुको भिड हुने भएकाले सम्बन्धित समुदाय र मन्दीर व्यावस्थापन समितिलाई भिडभाड हुन नदिन आग्रह गर्ने निर्णय भएको बताउनुभयो ।
भोलीबाट राति ८ बजे देखि विहान ६ बजे सम्म अतिआवश्यक व्यापार व्यावसाय र सवारी साधन बाहेका सबै सेवा बन्द गरिने पनि उहाले बताउनुभयो । कोरोना संक्रमणको दर बढेको भन्दै जिल्लामा स्वास्थ्य सामग्रीहरु पनि थप गर्न माग गर्ने निर्णय भएको उहाले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।