सुर्खेत, १४ जेठ (जागरण) । कर्णाली प्रदेशको संसद वैठक आज बस्दैछ । दोस्रो अधिवेशन अन्तर्गत आज बस्न लागेको तेस्रो वैठकमा हिजो पेश भएको प्रि–बजेटमाथि छलफल शुरु हुने संसद सचिवालयले जनाएको छ ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले हिजोको संसदमा पुर्व बजेट छलफलका लागि विनियोजन विधेयक २०७५ पेश गर्नुभएको थियो ।
अर्थमन्त्री ज्वालाले पेश गर्नुभएको आगामी वर्षका लागि बजेटका सिद्धान्त, उद्देश्य, निति तथा प्राथमिकतामाथि सांसदहरुले आ–आफ्नो धारणा राख्ने संसद सचिवालयका सचिव राजेश पौडेलले जानकारी दिनुभयो । संसद वैठक आज दिउँसो १ बजे बस्दैछ ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि असार १ गते बजेट ल्याउने तयारी थालेको छ । करिब १५ अर्व बढी बजेट ल्याउने तयारी गरेको प्रदेश सरकारलाई छलफललाई तिव्रता दिएको छ ।