सुर्खेत, ६ कार्तिक (जागरण) । कर्णालीमा पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी नगरपालिकाको प्रयोगशाला रुकुमपश्चिम र दैलेख अस्पताल दैलेखमा गरिएको परिक्षणका क्रममा थप ५० जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ५ हजार ४ सय १ जना पुगेको सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताउनुभयो ।
यस्तै, कर्णाली प्रदेशका विभिन्न अस्पताल तथा आइसुलेसन सेन्टरबाट थप १ सय ६ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ४ हजार ९१ पुगेको अधिकृत कँडेलले बताउनुभयो ।
कर्णालीमा अब संक्रिय संक्रमितको संख्या एक हजार एक सय २९ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।