कर्णाली प्रदेश सभाको छैठौँ अधिवेशन आजदेखि अन्त्य

सुर्खेत, ९ कात्तिक (जागरण) । कर्णाली प्रदेश सभाको छैठौँ अधिवेशन आजदेखि अन्त्य हुने भएको छ ।

प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकको सिफारिसपछि प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले अधिवेशन अन्त्य भएको घोषणा गर्नुभएको हो ।

प्रदेश प्रमुखबाट जारी भएको पत्रअनुसार आज राती १२ बजेदेखि अधिवेशन अन्त्य हुने प्रदेश प्रमुखको कार्यालयका सचिव ठाकुर प्रसाद सिग्देलले जानकारी दिनुभयो ।