सुर्खेत, १३ कात्तिक (जागरण) । कर्णाली प्रदेशमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोशालामा परिक्षण गरिएका २ सय ३५ जना मध्ये ५३ जनामा कोभिड १९ पुष्टि भएको छ भने १ सय ५५ जनाको रिपोर्ट नगेटिभ आएको छ ।
नयाँ कोरोना पुष्टि हुनेमा पशुपंक्षि रोग अन्वेषण प्रयोशाला सुर्खेतस्थित प्रदेश अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १६, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ३३ र दैलेख अस्पतालमा गरिएको परिक्षणका क्रममा २ जनामा कोरोना देखिएको हो । योसँगै हाल सम्म कर्णाली प्रदेशमा कोभिड–१९ बाट संक्रमित हुनेहरुको संख्या ५ हजार ७ सय ४७ जना रहेको छ ।
यस्तै, थप ५८ जना कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको जम्मा सँख्या ४ हजार ७ सय ९१ रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिनुभयो । उहाँकाअनुसार हाल प्रदेशका विभिन्न अस्पताल तथा आइशोलेसनमा भर्ना भई उपचारमा रहनेको संख्या ७ सय ९१ छ ।
अव नेपालभरको तथ्याङ्कः
नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ६४ हजार सात सय १८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थप दुई हजार तीन सय ६४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै थप तीन हजार ३८ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख २४ हजार आठ सय ६२ पुगेको छ । अब नेपालमा ३८ हजार नौ सय ५२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै दुई हजार ६ सय ८९ जना क्वरेण्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।