कर्णालीमा थप ८४ जना कोरोना संक्रमण मुक्त, १२ संक्रमित थपिए

सुर्खेत, १७ कार्तिक (जागरण) । कर्णालीमा थप ८४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा विभिन्न आइसुलेशन सेन्टरहरुबाट ८४ जना कोरोना संक्रमण मुक्त भएका हुन् ।
योसँगै प्रदेशभर कोरोना मुक्त हुनेको संख्या ५ हजार ४० जना पुगेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जनकारी दिनुभयो ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टी भएको छ ।
कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल प्रयोगशाला र चौरजहारी अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप १२ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै कर्णालीमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५ हजार ८ सय ६५ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिनुभयो ।
अब प्रदेशभर ६ सय ९० जना कोरोनाका सक्रिय संक्रमित अधिकृत कँडेलले जानकारी दिनुभयो ।