बारेकोटका पहिरो पिडितलाई नगद राहत वितरण

कालि बहादुर नेपाली ।
जाजरकोट, १७ कार्तिक (जागरण) । जाजरकोट बारेकोटका पहिरो पिडितलाई रेडक्रसले नगद राहत वितरण गरेको छ । अन्र्तराष्ट्रिय रेडक्रस महासंघको सहयोगमा बाढीपहिरो प्रभावितका लागि सहयोग कार्यक्रम अन्र्तगत नेपाल रेडक्रस सोसाईटीले बारेकोटका पहिरो पिडित एक सय ४० परिवारलाई नगद राहत वितरण गरेको हो ।
बाढीपहिरोका कारण मृत्यु भएका परिवार, घर भत्किएका र पहिरोको उच्च जोखिममा परेका एक सय परिवारलाई पाँच हजारका दरले पाँच लाख नगद वितरण गरिएको नेपाल रेडक्रस जाजरकोटका मन्त्री धिरेन्द्रबहादुर शाहले बताउनुभयो ।
पहिरोले आंशिक क्षति भएका ४० परिवारलाई दुई हजारका दरले ८० हजार नगद रकम वितरण गरिएको उहाले बताउनुभएको छ ।