केशर पुन ।
रुकुम पश्चिम, १७ कार्तिक (जागरण) । रुकुम पश्चिममा सत्तारुढ दल नेकपा निकट युवा संघले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।
आठबिसकोट नगरपालिका ८ का कांग्रेस क्रियाशील सदस्य थलवीर परियारलाई शनिबार युवासंघका कार्यकर्ताले कुटपिट गरेको कांग्रेसको भनाइ छ ।
युवा संघका रवि बुढासहितको १० जनाको समूहले खुकुरी र रडले मरणासन्न हुने गरी कुटपिट गरिएको कांग्रेसद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
युवा संघको आपराधिक मनोवृत्ति देखिएको भन्दै उच्छृंखल व्यक्तिलाई कारबाही गर्न सरकारसँग माग गरिएको छ ।