सुर्खेत, २१ कात्तिक (जागरण) । आगामी ५ बर्षभित्र कर्णालीका नागरिकको प्रतिव्यक्ती आय एक हजार एक सय डलरभन्दा धेरै पु¥याउने प्रदेश सरकारले लक्ष्य लिएको छ ।
प्रदेश योजना आयोगले सार्बजनिक गरेको प्रदेशको पहिलो पञ्चबर्षिय योजनामा पाँच बर्षभित्र कर्णालीको प्रतिव्यक्ती आय १ हजार १ सय ४७ डलर पु¥याउने भनिएको छ ।
तर प्रदेश सरकार योजना कार्यान्वयन गर्नतर्फ ध्यान नदिएको सरोकारवालाहरुले बताएका छन् । सरकार यहि ढङ्गले अगाडी बढे सरकारले लिएका लक्ष्य पुरा नहुने उनिहरुले बताएका छन्
योजना सार्बजनिक गरिएको एक बर्ष भइसक्दा पनि योजना कार्यान्वयनले गति लिन नसकेको उनिहरुको भनाई छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अर्थशास्त्रको अध्यापन गराइरहनुभएका उपप्रध्यापक छबिलाल भण्डारीले प्रदेशमा साधनश्रोत परिचालन नगरेसम्म योजना कार्यान्वयन हुन नसक्ने भन्दै सरकार त्यतीपट्टी नलागेको बताउनुभयो ।
प्रतिव्यक्ती आय बढाउन सरकारले अहिले देखाएका क्रियाकलापले कुनैपनि हालतमा योजना कार्यान्वयन नहुने देखिने उहाँले बताउनुभयो ।
यस्तै, आर्थिक र योजनाका क्षेत्रमा काम गरिरहेका अन्य सरोकारवालाहरुले योजनाले मात्र जनताको आर्थिक क्षेत्र बलियो नहुने बताएका छन् । उनिहरुले कार्यान्वयनमा जोड दिएका छन् ।
यता, प्रदेश योजना आयोगले भने पञ्चबर्षिय योजनाको लक्ष्य भेटाउन कठिन नरहेको बताएको छ ।
आयोगका सदस्य डाक्टर दीपेन्द्र रोकायाले विभिन्न क्षेत्रमा बनाइएका योजना विकासले नै लक्ष्य भेटाउन मद्दत गर्ने कर्णाली रैबारलाई बताउनुभयो ।
उहाँले योजना कार्यान्वयन असम्भव नरहेको भन्दै पाँच बर्षभित्र नागरिकको आर्थिक स्तर अलि माथी गइसक्ने बताउनुभयो ।
प्रदेश सरकारले जलविद्युत, उद्योग कलकारखाना र हाइड्रोपावर लगायतका क्षेत्रमा लगानी गरि सन् २१०० सम्म कर्णालीको प्रतिव्यक्ती आय १० हजार पु¥याउने योजना बनाएको छ ।