कर्णालीमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो

सुर्खेत, २१ कात्तिक (जागरण) । कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ६ हजार ५७ पुगेको छ ।
पछिल्लो पटक थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको जम्मा संख्या ६ हजार ५७ पुगेको हो ।
सामाजिक बिकास मन्त्रालय कर्णाली प्रदेश अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलकाअनुसार प्रदेश अस्पतालको जिम्मामा रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल दैलेख र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा ५३ जनामा कोरोना पुष्टि भएको छ ।
महाशाखाका अनुसार कोरोना पुष्टि हुनेमा सुर्खेतका ४० जना, जुम्लाका १ जना, दैलेखका ८ जना, कालिकोटका १ जना, जाजरकोटका १ जना र अन्य प्रदेशका २ जना रहेका छन् ।
पछिल्लो पटक कोरोना संक्रमण मुक्त भइ चार जना डिस्चार्ज भएसँगै कर्णालीमा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या ५ हजार २ सय ६७ पुगेको छ । अब कर्णालीमा कोरोनाका संक्रिय संक्रमितको संख्या ६ सय ६५ छ ।