आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण

बुद्धी पुन ।
सल्यान, २१ कात्तिक (जागरण) । पछिल्लो समय सल्यानमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्न थालेको छ ।
आयुर्वेदिक उपचारले साइड इफेक्ट नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्न थालेको हो ।
अहिले आयुर्वेदिक औषधिको प्रयोग गर्ने र आयुर्वेदिक उपचार पद्धति अवलम्वन गर्ने नागरिकको संख्या बढ्दै छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यान अन्र्तगत रहेको आयुर्वेदिक शाखा खलंगामा अहिले दैनिक रुपमा ३० जना सम्म सेवाग्राही पुग्ने गरेको कार्यालयको भनाई छ ।
शाखा प्रमुख, कविराज निरक्षक सञ्जय प्रसाद शाहले उपचार पद्धति सजिलो र प्रभावकारी भएकाले कोरोना महामारीकाबीच आयुर्वेदिक उपचार पद्धतिको महत्व झन् बढेको र सेवा लिन पुग्ने नागरिकहरुको संख्या पनि बढेको जानकारी दिनुभएको छ ।