जाजरकोट, १४ जेठ (जागरण) । जाजरकोटमा नुन खानीको सम्भावना देखिएको छ । जिल्लाको बारेकोट गाउँपालिका वडा नं २ रोकायगाउँस्थित खाराखोलामा नुन खानीको भएको अनुमान गरिएको हो ।
यो खोलाको पानीमा सोडियम क्लोराइड जाँच गर्दा ९० प्रतिशत नुनको मात्रा भेटिएको हो । जाजरकोट प्रदेशसभा ‘क’ का सांसद गणेशप्रसाद सिंहले खाराखोलाको पानी लिएर वाटर इन्जिनियरिङ एन्ड टे«निङ सेन्टर काठमाडांैमा परीक्षण गर्दा यस्तो तथ्य फेला परेको जानकारी दिनुभयो ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेश खनालले ल्याव टेस्ट गर्दा राम्रो नतिजा आएको बताउनुभयो ।