मध्यपश्चिमाञ्चल विश्वविद्यालयका दोश्रो चरणका परिक्षा मंसिर १७ गतेदेखि, डोल्पामा चालू शैक्षिक सत्र सक्ने तयारी ।

कार्तिक २४, जागरण सुर्खेत ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोश्रो चरणको परिक्षा मंसिर १७ गतेदेखि गर्ने भएको छ ।
कोरोना भाइरसका कारण प्रभावित भइरहेको पठपाठनलाई निरन्तरता दिन र शैक्षिक क्यालेण्डरलाई निरन्तरता दिन भन्दै मंसिर १७ गतेदेखि परिक्षा संचालन गर्ने भएको हो ।
यसअघि केही स्नातक र स्नाताकोत्तर तहका अधिकांस अन्तिम परिक्षा विश्वविद्यालयले अनलाइनबाट लिएको थियो । अरु बाँकी परिक्षा पनि अनलाइनबाटै लिने तयारी गरिएको हो ।

माघ पहिलो साताबाट नयाँ गर्नुपर्ने शैक्षिक क्यालेण्डर रहेको भन्दै विश्वविद्यालय परिक्षा व्यवस्थापन कार्यालयका आनन्द सुवेदीले सरकारले स्वीकृत नदिएसम्म अनलाइनबाट नै कक्षा संचालन हुने कर्णाली रैबारलाई बताउनुभयो । उहाले विद्यार्थीहरुलाई कक्षामै राखेर पठपाठन बनाउनको लागि सरकारले स्वीकृत दिनुपर्ने बताउदै सरकारले स्वीकृत नदिएसम्म अनलाइनबाट नै कक्षा संचालन गरिने बताउनुभयो ।
कोभिड १९ का कारण चैत देखि यता विद्यार्थीहरुले विद्यालयमा गएर पढ्न पाएका छैनन् ।