खड्क सुनार ।
मुगु, २७ कात्तिक (जागरण) । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा तालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेको छ । कोरोनालाई भुलेर पर्यटक रारा क्षेत्र घुम्न जान थालेपछि यहाँको चहलपहल बढेको हो ।
रारा तालमा घुम्न आउनेको संख्यामा वृद्धि भएपछि मुगुका घोडा व्यवासायीको पनि रोजगारीको बाटो खुलेको छ । रारा तालको आसपास बसोवास गर्ने स्थानीयवासीहरूका घोडा पर्यटकले प्रयोग गर्न थालेका छन् ।
रारा घुम्न आउने पर्यटकहरूलाई सल्लेरीदेखि रारा मुर्माटपसम्म घोडा चढाएर र पर्यटकको सामान बोकेर हिजोआज छायानाथ रारा नगरपालिका( ८ का घोडा व्यवसायी पाथ्या रावलले दैनिक ५२५ रुपैयाँसम्म आम्दानी गर्न थाल्नुभएको छ ।