मुगु बजार अनुगमण

खड्क सुनार ।
मुगु, २८ कात्तिक (जागरण) । मुगु सदरमुकाम गमगढी बजारमा संयुक्त रूपमा अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुगुको नेतृत्वमा गएको सयुंक्त टोलीले उक्त बजारमा अनुगमन गरेको हो ।
सदरमुकाम गमगढी बजारका दुई दर्जनभन्दा बढी खाद्य सामग्री पसलहरूमा गरिएको संयुक्त अनुगमनको क्रममा केही पसलहरूमा म्याद गुज्रिएका विभिन्न खाद्य सामग्रीहरू भेटिएको अनुगमन टोलीले जनाएको छ ।
म्याद सकिएका केही सामग्रीहरू नियन्त्रणमा लिएको र केही दर्ता नभएका पसलहरू र मूल्य सूची नराखेको भेटिएकाले उनीहरूलाई सचेत गराइएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जानकारी दिनुभयो ।
अनुगमन टोलीले पसल दर्ता तथा नवीकरण, मूल्य सूची, मूल्य र सामानको म्याद भए(नभएको र नाप, तौललगायत विभिन्न विषयहरूको पनि अनुगमन गरेको छ ।