काग्रेस नेता शाहीको चिनलाई चुनौतीः नेपाली भुमी नमिचेको प्रमाण देखाउ (अडियोसहित)

सुर्खेत, २८ कात्तिक (जागरण) । नेपाली कांग्रेसका नेता एवम कर्णाली प्रदेशसभा सदस्य जीवनबहादुर शाहीले एक इन्च पनि नेपाली भूमि नमिचिएको प्रमाण पेश गर्न चीन सरकारलाई चुनौती दिनुभएको छ ।
चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले नै नेपाली भूमि चीनले मिचेको भनेर ‘हल्ला’ फैलाउनेमा मुख्य जिम्मेवार शाही रहेको आरोपसहित समाचार प्रकाशित गरेपछि कांग्रेस नेता शाहीले चीनलाई चुनौती दिनुभएको हो ।
ग्लोबल टाइम्सले हालै एक लामै समाचार प्रकाशित गर्दै कांग्रेससहित, भारत र पश्चिमा शक्तिले नेपाल–चीन सीमा विवादको आधारहीन हल्ला फैलाएको आरोप लगाएको थियो ।
पूर्वमन्त्री एवं कर्णाली प्रदेश प्रमुख विपक्षी दलका नेता शाहीले विज्ञप्ति जारी गर्दै चीनले लगाएको उक्त आरोप अस्वीकार गर्दै नेपाली भूमि नमिचेको प्रमाण पेश गर्न चुनौती दिनुभएको हो ।
उहासँगको कुराकानी सुन्नुहोस्: