लोकेन्द्र विश्वकर्मा ।
जाजरकोट, ३० कात्तिक (रेडियो खलंगा) । जाजरकोटको बारेकोट गाउँपालिकामा संचालित यातायात ब्यवसायीहरुले सर्वसाधारणबाट चर्को भाडा असुल्ने गरेको पाइएको छ ।
केहीदिन अघि गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाह, प्रमुख जिल्ला अधिकारी चेतराज बरालले, केही यातायात ब्यवसायीका प्रमुखसंग छलफलगरी भाडा दर कायम गरिएको थियो । तर अहिले चालकले चर्को भाडा असुल्ने गरेका छन ।
सम्बन्धित निकायहरुले कायम गरेको भाडादर कागजमा मात्र सिमित भएको नागरिकले गुनासो छ । एक यातायात व्यवसायीले, क्षमता भन्दा दोब्बर यात्रु राख्दै ७ सय देखि माथी भाडा दर लिएको स्थानीयले बताएका छन् ।