कर्णाली प्रदेशमा अनियमितता सम्बन्धीका उजुरीको चाङ

सुर्खेत, ३ मंसिर (जागरण) । कर्णाली प्रदेशका १० जिल्लामा अनियमितताका ७ सय २० घटना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छन् ।
चालू आर्थिक वर्षको असोज मसान्तसम्म अख्तियार दुरुपयोग आयोग सुर्खेतमा परेका ७ सय २० उजुरी मध्ये ९१ उजुरी फच्र्यौट गरिएको छ ।
भने बाकी ६ सय २९ उजुरी छानविनको क्रममा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी मेघनाथ सापकोटाले बताउनुभयो । गत आर्थिक वर्ष २०७६÷०७७ मा कर्णालीका १० जिल्लामा ४ सय ६७ उजुरी परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा वढी सुर्खेत जिल्लाका छन् ।
कार्यालयका अनुसार सुर्खेत जिल्लाबाट मात्र १४५ उजुरी परेका छन् । जसमध्ये २५ छिनोफानो भएका छन् । भने बाँकी १२५ छानविनको क्रममा रहेको जनाइएको छ ।
कर्णाली प्रदेशको १० जिल्लामध्ये कम उजुरी रुकुम पश्चिमका छन् । रुकुम पश्चिमबाट हालसम्म ३७ वटा उजुरी अख्तियारमा दर्ता भएका छन् । त्यस्तै डोल्पा जिल्लाबाट ३८ वटा, सल्यान जिल्लाबाट ३९ वटा, मुगु जिल्ला ४२ वटा, हुम्ला ५९ वटा, जुम्ला जिल्लाका ५५ उजुरी अख्तियारमा परेका छन् ।
त्यस्तै जाजरकोट जिल्लाका ८२ वटा, कालिकोट जिल्लाका ९२ वटा, दैलेख जिल्लाका १ सय ३१ र सुर्खेत जिल्लाका १ सय ४५ रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको तथ्याङ्कमा उल्लेख छ ।
चालू आर्थिक वर्षको तीन महिनामा जम्मा ९१ उजुरी छिनोफानोभएको छन् । जसमा सबैभन्दा वढी सुर्खेत जिल्लाका २५ वटा छन् ।
त्यस्तै दैलेख जिल्लाका ३७ वटा, जाजरकोटका १९, कालिकोटका ११ वटा, हुम्लाका ४ वटा, जुम्ला जिल्लाका १२ र रुकुम पश्चिमका १८ उजुरी छिनोफानो भएका छन् । त्यस्तै कालिकोट जिल्लाका १३, जाजरकोटका ११ वटा, जुम्लाका ६ वटा, रुकुम पश्चिमका ५ वटा र सल्यान जिल्लाका ४ वटा उजुरी छिनोफानो भएका छन् । ्
त्यस्तै डोल्पा, मुगु र हुम्ला जिल्लाका ३÷३ वटा उजुरी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार संघीय संरचना अनुसार सबैभन्दा वढी स्थानीय तहका उजुरी अख्तियारमा परेका छन् ।