नन्द कठायत ।
सुर्खेत, ५ कात्तिक (जागरण) । पछिल्लो समय सामाजिक सञ्जालको सहि प्रयोग नहुँदा कर्णाली प्रदेशमा लैङ्गिक हिंसाका घटनाहरु बढेको प्रहरीले जनाएको छ ।
सामाजिक सञ्जालको प्रयोग गर्ने व्यक्तीहरु बढेको भन्दै त्यसको सहि प्रयोग नहुँदा लैङ्गिक हिंसाका घटनाहरु वृद्धि भएका हुन् ।
मादक पदार्थको प्रयोग, गलत संस्कारका कारण लैङ्गिक हिंसा हुने गरेको भएपनि पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले पनि यस्ता घटना बढेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम प्रहरी उपरिक्षक माधव श्रेष्ठले कर्णाली रैबारलाई बताउनुभयो ।
प्रदेशमा चालु आर्थिक बर्षको साउनदेखि यता लैङ्गिक हिंसाका ७ सय ५२ वटा उजुरी प्रहरीमा दर्ता भएका छन् ।
गत वर्ष एक हजार ६८ वटा लैङ्गिक हिंसाका घटनाका उजुरी दर्ता भएकोमा यो अािर्थक वर्ष ७ सय ५२ उजुरी दर्ता भएका हुन् ।
श्रेष्ठले गत बर्षको तुलनामा उजुरी कम देखिएपनि कोरोनापछिको लकडाउनका कारण प्रहरीसम्म सबै घटनाका उजुरी दर्ता नभएको बताउनुभयो ।
प्रदेशका दश जिल्लामध्ये सुर्खेतमा सबैभन्दा धेरै उजुरी दर्ता भएको उहाले बताउनुभयो ।
उहाँले विभिन्न हिंसा घटना कम गर्न प्रहरी प्रशासनले समुदायमा पुगेर विभिन्न कार्यक्रम संचालन गरेको भन्दै सबै पक्ष मिलेर सचेतनाका कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।